२६ वर्षपछि पुनरागमन गर्ने दाउमा कांग्रेस

वरिपरी चारैतिर काला पहाड । छेउमै अनवरत बगिरहेकी सेती नदी । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत लगायत सरकारी अड्डासँगै साँघुरो बस्तीले घेरिएको बझाङ जिल्लाको सदरमुकाम खलंगा । कच्ची र पक्की बाटो छिचोल्दै हामी सोमबार खलंगा बजार पुग्दा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको हावाले जिल्लालाई मज्जैसँग छोइसकेको थियो । उम्मेदवारहरू होटल/होटलमा पुगेर कार्यकर्ता भेट्नेदेखि चुनावी रणनीति बनाउने गरेको दृश्यसम्म देखियो । खलंगा बजारमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शैल...