नेवार समुदायको बाहुल्यता रहेको ललितपुर–३ मा पनि चुनावी माहोल छ। चिया–चौतारामा मानिसहरू चुनावी गफगाफ गरिरहेका भेटिन्छन्। उम्मेदवारहरू पनि साँझ–बिहान घरदैलो गरिरहेका भेटिन्छन्। २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन माओवादीकी पम्फा भुसाल विजयी भएकी थिइन्। त्यसबेला एमाले र माओवादीको गठबन्धन थियो। गत निर्वाचन (२०७९) मा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की तोसिमा कार्कीले चुनाव जितेकी थिइन्। गत चुनावमा पनि कांग्रेस र माओवादीसहित पाँच दलको गठबन्धन थियो। तर, गठबन्धनका उम्मेदवारलाई समेत हराएर क...