काठमाण्डौ – धादिङ जिल्लामा निर्माण भइरहेको नौविसे–नागढुंगा सडकको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । नौविसे नागढुंगा सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाकाअनुसार नौविसे नागढुंगा सडकखण्ड अन्तर्गत पहिलो प्याकेजमा १२.५ किलोमिटर सडक र दुई वटा पुल निर्माण गर्नुपर्ने थियो । त्यसअनुसार आयोजनाले धेरै काम सम्पन्न गरीसकेको छ । आयोजनाले अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे र खानीखोलामा आकाशे पुल निर्माण गर्नुपर्नेछ । अन्तिम तहको कालोपत्रेको काम सकिएपछि सडक सुर...