युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ : राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धको ४ वर्षपछि पनि युक्रेनको एकता कायम रहेको र रुसले आफ्नो लक्ष्य हासिल गर्न नसकेको बताउनुभएको छ । ४ वर्ष अघि सन् २०२२ फेब्रुअरी २४ तारिखमा शुरू भएको रुसको आक्रमणले पूर्वी युक्रेनको धेरै भाग पूर्ण रुपमा क्षति भइसकेको छ । लाखौं विस्थापित भएका छन् । युक्रेनीहरूले आक्रमणको शुरूवाती दिनहरूमा प्रतिरोध गरेका थिए । पछिल्लो समय रुसले आफुले कब्जा गरेको भूभाग सम्झौताबाट नपाए लडेरै भएपनि लिने चेतावनी दिएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफुहरुले बलियो, सम्मानजनक र दिगो शान्ति चा...