१३ फागुन, मकवानपुर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । नेवारपानीबाट हेटौंडा तर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले हेटौंडाबाट मनहरी तर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मृत्यु हुनेमा मकवानपुरको राक्सिराङ गाउँपालिका-१ का २२ वर्षीय सन्जित […]