ठूलो भूगोल । पातलो बस्ती । १ लाख ७ हजार भन्दा बढी मतदाता । १४६ मतदान केन्द्र र ११ उम्मेदवार । यो निर्वाचनको चित्र हो जाजरकोट जिल्लाको । एक मात्र निर्वाचन क्षेत्र भएको कर्णाली प्रदेशको जिल्ला जाजरकोटमा चुनावी माहोल विस्तारै तात्दैछ । भौगोलिक अवस्थितिले हुनसक्छ उम्मेदवारहरू प्रत्येक मतदाताको घरदैलोसम्म पुग्नै सकेका छैनन् । दैलेखको सदरमुकामबाट मध्यपहाडी लोकमार्ग हुँदै करिब ४० किलोमिटर बढी यात्रा गरेपश्चात् लोकान्तर टोलीले जाजरकोटको छेडागाड नगरपालिकामा कदम राख्यो । पालिका प्रवेश गर्नेबित्तिकै चुनावी ज्वरो ह्वात्तै बढ्यो भन्ने खाल...