अमेरिकाको मिसौरी राज्यको काउन्टीमा भएको गोली हानाहानमा दुई जना प्रहरी अधिकारीको मृत्यु भएको छ । क्रिश्चियन काउन्टी सेरिफ ब्राड कोलले विज्ञप्ति मार्फत घटना दक्षिण–पश्चिम मिसौरीको हाइल्यान्ड भिलको दक्षिणमा भएको जनाएको छ । संदिग्धलाई रिड्स स्प्रिङ सहर नजिकै फेला परेकोसमेत विज्ञप्तिमा उल्लेख छ । कोलले संदिग्धले गोली हानेपछि घटना स्थलमै काउन्टी सेरिफका सहायकको मृत्यु भएको उल्लेख […]