काँक्रेबिहारलाई हराउँदै लालिगुँरास राष्ट्रिय लिगको शीर्ष स्थानमा उक्लियो

काठमाण्डौ – राष्ट्रिय लिग फुटबलमा लालिगुँरास एशोसिएसन क्बलले काँक्रेबिहार क्लबलाई हराएको छ । त्रिपुरेश्वरको रशरथ रङ्गशालामा भएको खेलमा लालिगुँरासले काँक्रेबिहारलाई ४–१ गोलको फराकिलो अन्तरले हराएको हो । यो जीतसँगै लालिगुँरास ७ खेलमा ५ जीत २ हारसहित १७ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । सामान खेलमा काँक्रेबिहार अङ्कविहिन हुँदै तालिकाको पुछारमा छ । यस्तै अहिले दशरथ रङ्गशालामै श्री भगवती क्लब र सातदोबाटो युथ क्लब खेलिरहेका छन् । आजै बेलुका ६ बजे मनाङ मस्र्याङ्दी क्बल र सातदोबाटो युथ क्लब खेल्दैछन् । अखिल ...