७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुग्यो

काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्‍याएको निर्वाचन आयोगले जनाएको छ । काठमाण्डौ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्‍याएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार काठमावण्डा र भक्तपुरका निर्वाचन कार्यालयमा भोलि सामग्री र मतपत्र पुर्‍याउने कार्यक्रम छ ।