प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काभ्रे क्षेत्र नम्बर १ को कोशीपारि क्षेत्रमा नेकपा (एमाले)ले घरदैलो अभियानलाई तीव्र बनाएको छ । पार्टीका केन्द्रीय सदस्य तथा उम्मेदवार अमित लामा गाउँगाउँ पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरिरहेका छन् । अभियानका क्रममा लामा काभ्रेको चौरीदेउराली गाउँपालिकाका विभिन्न वडामा पुगेका हुन् । घरदैलो कार्यक्रममा उनले स्थानीय बासिन्दासँग विकास निर्माण, रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा कृषि आधुनिकीकरणका विषयमा छलफल गरेका छन् । लामाले कोशीपारिको समृद्धिका लागि दीर्घकालीन योजना आवश्य...