नेपाल आइडल विजेता करण परियार र मुना अर्यालको स्वरमा एमाले उम्मेदवार चौधरीको चुनावी गीत

युवा स्वरोजगार, महिला उद्यमशीलता, आर्थिक सशक्तीकरण र समृद्ध राष्ट्र निर्माणको संकल्प बोकेकी नेकपा एमाले सुनसरी क्षेत्र नम्बर ३ की उम्मेदवार भगवती चौधरीको अफिसियल चुनावी गीत सार्वजनिक भएको छ । नेपाल आइडल सिजन ५ का विजेता करण परियार तथा गायिका मुना अर्यालको सुमधुर स्वर रहेको, राजयोज शर्माद्वारा रचित र अर्जुन पोखरेलको संगीतमा तयार भएको भगवती चौधरीको अफिसियल गीत उनको पेजबाट सार्वजनिक भएको हो । सागरबाबु भट्टको निर्देशन तथा सम्पादनमा बनेको म्युजिक भिडियोमा सुनसरी क्षेत्र नम्बर ३ का विभिन्न स्थानहरू तथ...