हैटौंडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको ज्यान गयो

काठमाण्डौ – पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा मोटरसाइकल चालक मकवानपुर राक्सिराङ गाउँपालिका–१ का २२ बर्षीय सन्जित स्याङतान र पछाडि बसेका १८ वर्षीय अमोश थिङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता उपरीक्षक पुष्कर बोगटीका अनुसार हेटौँडा बजारबाट मनहरीतर्फ गुडिरहेको ना४३प २२१ नम्बरको मोटरसाइकलाई नेवारपानीबाट हेटौँडातर्फ गुडिरहेको ग.२ ख ८९८ नम्बरको मालवाहक ट्रकले ठक्कर दिएको हो । यसैबीच हेटौँडाम...