जाँचबुझ आयोगको समय १ महिना थपसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय

मंगलबारको मन्त्रिपरिषद् बैठकले सोह्रौं योजना कार्यान्वयन कार्ययोजना (२०८१–२०८६)स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश शर्माले बैठकका निर्णय आज सार्वजनिक गर्दै न्याय सेवा परिषद्को सिफारिस बमोजिम दुई जना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा पदोन्नतिसहित पदस्थापन गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार बैठकले नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी र दुई जना महासेनानीलाई सरुवा गर्ने निर्णय गरेको छ । यस्तै, यातायात क्षेत्रसम्बन्धी सर्व...