धादिङ बस दुर्घटनाका घाइतेको उद्धारमा सहयोग गर्ने थपलियालाई प्राधिकरणको सम्मान

काठमाण्डौ – अस्ति सोमवार धादिङमा भएको बस दुर्घटनाका क्रममा घाइतेको उद्धारमा महत्त्वपूर्ण सहयोग गर्ने स्थानीय व्यवसायी अरुण थपलियालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्मान गरेको छ । बेनिघाट रोराङ्ग गाउँपालिका वडा नम्बर ५ का र्याफ्टिङ्ग व्यवसायी थपलियाले व्यक्तिगत र्याफ्टको प्रयोग गरी घाइतेको उद्धारको काममा सुरक्षाकर्मीहरुलाई सहयोग गर्नुभएको थियो । मध्यरातको समयमा आफ्नो ज्यानको प्रवाह नगरी घाइतेलाई डुङ्गामा राखेर सुरक्षित स्थानमा पुर्याउन उहाँले भूमीका महत्त्वपूर्ण रहेको प्राधिकरणले जनाएको छ । आइतवार...