भेनेजुएलाबाट ८ करोड ब्यारेल तेल प्राप्त भएको छ : अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट आठ करोड ब्यारेलभन्दा बढी तेल प्राप्त गरेको जानकारी गराउनुभएको छ । अमेरिकी संसद् कङ्ग्रेसमा वार्षिक ‘स्टेट अफ द युनियन’ सम्बोधन गर्दै ट्रम्पले नयाँ साझेदार भेनेजुएलाबाट तेल पाएको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा धेरैले बढेको दाबी गर्दै आफ्नो पुरानो नारा ‘ड्रिल, बेबी, ड्रिल’ दोहोर्‍याउनुभयाे । अमेरिकाले विशेष सैन्य कारबाहीमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई पक्राउ गरेपछि भेनेजुएलाको तेल...