फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानको मिति नजिकिँदै गर्दा हर्क साम्पाङ (हर्कराज राई) उम्मेदवार रहेको सुनसरी-१ मा चुनावी प्रतिस्पर्धा तीब्र देखिएको छ । यो क्षेत्रमा नयाँसँग नयाँकै तीब्र प्रतिस्पर्धा भइरहेकाले परिवर्तन चाहेका मतदाता दुई धारमा बाँडिएका छन् । देशभर मतदाताले नयाँ नयाँ भनिरहेको समयमा सुनसरी १ मा नयाँ दल रास्वपा र श्रम संस्कृति पार्टीबीच कडा टक्कर देखिएको छ । सुनसरी १ मा कांग्रेस–एमाले भन्दा नेकपाका उम्मेदवार अगाडि रहेको मतदाताहरू बताउँछन् । पूर्वी पहाडी जिल्लाका अधिकांश क्षेत्रमा समीक...