धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा विमानस्थल निर्माण गर्ने भन्दै दुई वर्षदेखि रोक्का गरिएको जग्गा फुकुवा गरिएको छ । धरान उपमहानगरपालिकाका पूर्वनगर प्रमुख हर्कराज राई (साम्पाङ)ले २०८० भदौ ११ गते विमानस्थल निर्माण गर्ने भन्दै सो क्षेत्रको जग्गा बिक्री वितरण सिफारिस रोक्ने निर्णय गरेका थिए । उक्त निर्णयका कारण धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा करिब एक हजार बढी घरपरिवारको जग्गा रोक्का गरिएको थियो । धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाका अनुसार स्थानीय जग्गाधनीको निवेदनपछि यति इन्कर्प...