प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक जना स्वीडिस नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नम्बर एए ३८४६४९१ की ५१ वर्षीया स्वीडिस नागरिक कुन्चोक खान्ड्रो रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुन्डीराज नेउपानेले जानकारी दिए । ‘सिचुआन एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चाइना जान लागेकी निज यात्रु स्वीडिस नागरिकले खैरो रङको साइड ब्यागभित्र विदेशी मुद्रा लुकाइ–छिपाइ लैजान लागेका अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय वि...