राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक उम्मेदवार पूनमकुमारी अग्रवाल एक सफल उद्योगी हुन् । रूपन्देहीको भैरहवा निवासी पूनमको नाम समानुपातिक सूचीको मधेशी महिलातर्फ एक नम्बरमा छ । निर्वाचनको मिति नजिकिँदै गर्दा रूपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारलाई जिताउन खटिँदै समानुपातिक मत पनि माग्नमा उनी व्यस्त छिन् । ‘उद्योगी तथा बौद्धिक महिलाको छवि’ बनाएकी पूनम मारवाडी महिला समुदायबाट पहिलो पटक सांसद बन्ने सम्भावना प्रबल देखिन्छ । फागुन २१ ग...