‘लालपुर्जा नपाएको सम्झिँदा भोटै हाल्न नजाउँ जस्तो लाग्छ’

हरेक चुनाव आउँदा नेताहरू लालपुर्जा दिने आश्वासन बाँड्छन्, जितेर गएपछि फर्किएर आउँदैनन् । यस्तो व्यवहारले वाक्क–दिक्क लालपूर्जाविहीन १२ लाख भन्दा बढी परिवारका सदस्यहरू भोट हाल्नै जान मन नलाग्ने बताउँछन् ।