निष्पक्ष निर्वाचन गराउन मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन सबैसँग आग्रह गरेका छन्  । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा आज आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको’ भूमिका विषय कार्यक्रममा उनले निर्वाचनका लागि स्वच्छ वातावरण बनाउन सरकार, राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र सञ्चारजगतको महत्त्वपूर्ण भूमिका रहने धारणा राखेका हुन् । अध्यक्ष मगरले भने, 'जनताले निष्पक्ष रूपमा आफ्नो सक्षम र योग्य जनप्रतिनिधि छान्न पाउनुपर्छ...