एमाले, नेकपा र रास्वपा एकै हुन् : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा कुनै भिन्नता नरहेको बताएका छन् । बुधबार पोखरामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले अहिलेको शासन व्यवस्थामै समस्या रहेको दाबी गरे । वर्तमान व्यवस्था कायम राखेर देशको विकास सम्भव नभएकाले विकल्पको खोजीमा राप्रपा अघि बढेको उनले बताए । देशमा सुशासन अभाव र राजनीतिक नेतृत्व भ्रष्टाचारमा फसेको भन्दै उनले समस्या केवल दल वा नेतामा मात्र नभई व्यवस्थामै रहेको जिकिर गरे । परिवर्तनका ला...