बैतडीको डिलासैनी गाउँपालिका–७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच चुनाव प्रचारका क्रममा झडप भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार झडपमा एमालेका दुई जना कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेमा डिलासैनी–७ का २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी रहेका छन् । जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको छ। उनीहरू गोकुलेश्वर अस्पतालमा उपचाररत छन्। प्रहरी निरीक्षक सुरज सिंहका अनुसार बुधबार चुनाव प्रचारप्रसारको घरदैलो कार्...