गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२६–२८) का लागि वर्तमान उपाध्यक्ष रामशरण सिम्खडाले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राति भर्चुअल कार्यक्रममार्फत सिम्खडाले आफ्नो विस्तृत संकल्प–पत्र सार्वजनिक गर्दै एनआरएनालाई एकताबद्ध, पारदर्शी, प्रविधिमैत्री र सदस्य–केन्द्रित बनाउने प्रतिबद्धता जनाएका छन् । उनले राजनीतिक गुटबन्दीभन्दा माथि उठाएर संस्थालाई सामाजिक र साझा संस्थाको रूपमा सञ्चालन गर्ने अठोट पनि व्यक्त गरेका छन् । उम्मेदवारी कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुड...