सौरेन्द्र बहादुर शाह रास्वपामा प्रवेश

राप्रपाको सहायक महामन्त्री पदबाट माघ अन्तिम साता राजीनामा दिएका सौरेन्द्र बहादुर शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । चुनावी माहौल बढिरहेको अवस्थामा उनी पार्टीमा प्रवेश गर्दै प्रचार–प्रसार कार्यमा सक्रिय भएका छन् । पार्टी प्रवेशसँगै उनलाई जिम्मेवारी पनि दिइएको छ । रास्वपाले उनलाई उपसभापति डीपी अर्यालको मातहत रहेको संघीय निर्वाचन सम्पादन समितिमा सदस्य र काठमाडौँ जिल्लाका सम्बन्धित क्षेत्रहरूमा सहयोग तथा समन्वय गर्ने जिम्मेवारी दिएको छ । शाहले आफ्नो फेसबुकमा जिम्मेवारी पाएको जानकारी दिँदै लेखेका छन्...