बागमती प्रदेश : शहरी गणित, चितवनको केन्द्रबिन्दु र हिमाली मतको मौन शक्ति

चुनाव आउनै लाग्दा १३ जिल्ला र ३३ निर्वाचन क्षेत्र समेटेको बागमती प्रदेश फेरि राष्ट्रिय राजनीतिको केन्द्रमा उभिएको छ । ३६ लाखभन्दा बढी मतदाता रहेको यो प्रदेश भूगोल र जनसंख्या दुवै दृष्टिले अति विविध छ–काठमाण्डौ उपत्यकाको घना शहरी मतदाता, चितवनको अर्ध–शहरी सक्रियता र रसुवा–सिन्धुपाल्चोक–दोलखाजस्ता हिमाली/पहाडी क्षेत्रका विकासमुखी अपेक्षा एउटै राजनीतिक त्रिकोणका भूज जस्ता छन् ।  काठमाण्डौमा धेरै निर्वाचन क्षेत्र भए पनि यसपटक उपत्यकामा चुनावी तापक्रम अपेक्षाकृत मध्यम छ । ठूला सभा र र्याली, ध्रुवीकरण व...