काठमाण्डौ – श्रीलंका आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको छ । हिजो भएको सुपर एटको खेलमा न्युजिल्यान्डसँग हार बेहोरेको श्रीलंका एक खेल अगावै बाहिरिएको हो । कोलोम्बोमा न्युजिल्यान्डले श्रीलंकालाई ६१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि कामिन्दु मेन्डिसले सर्वाधिक ३१ रन बनाए । दुनिथ वेलालगेले २९, कुसल मेन्डिसले ११ तथा पवन रत्नायकेले १० रन बनाए । न्युजिल्यान्डका रचिन रविन्द्रले ४ ओभरमा २७ रन दिएर ...