कर्णालीका ३५९ वटा मतदानस्थल अतिसंवेदनशील

१४ फागुन, काँक्रेविहार (सुर्खेत) । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले प्रदेशका १० जिल्लामा ३५९ वटा मतदानस्थल अति संमवेदनशील, ४२२ वटा संवेदनशील र १६० वटा सामान्य रहेको जानकारी दिए । […]