आर्थिक सहायता कोषको अभावका कारण दक्षिण सुडानमा १९ लाखभन्दा बढी मानिसको जीवन जोखिममा परेको राष्ट्रसंघको आप्रवासी मामिला हेर्ने निकायले जनाएको छ । विश्वको सबैभन्दा बढी विस्थापन प्रभावित देशमध्ये एक दक्षिण सुडानमा मानवीय आवश्यकताहरू नाटकीय रूपमा बढिरहेको राष्ट्रसंघको आप्रवासी मामिला हेर्ने निकाय (आइओएम) ले निकालेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रसंघका अनुसार दक्षिण सुडानका राष्ट्रपति साल्भा कीर र उहाँका लामो समयदेखिका प्रतिद्वन्द्वी रिक माचरका समर्थकहरूबीच केही समयअघि हिंसा बढेको थियो । यसको धेरैजसो भूभाग जोङलेई राज्यमा के...