काठमाण्डौ – गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा गएराति हल्का वर्षा भएको छ । आज पनि हिमाली र पहाडी भेगका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै ठाउँहरुमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । बिहानको समयमा तराईमा हुस्सु लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भ...