नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवेन्द्र पौडेलले सुकुम्बासी र मजदुरहरूको सपना पूरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । बुधबार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका र सुनवल नगरपालिकाको वडा नम्बर ७ को सभालाई सम्बोधन गर्दै उनले सुकुम्बासी र मजदुरहरूको सपना पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् । 'लामो समयदेखि जग्गाको लालपुर्जा नपाएका नागरिकहरूको आवाज मैले नजिकबाट बुझेको छु', उनले भने, 'तत्कालीन प्रधानमन्त्री प्रचण्डको पालामा आयोगले धेरै सुकुम्बासीलाई लालपुर्जा द...