टी–२० विश्वकपबाट आयोजक श्रीलंका बाहिरियो, न्युजिल्यान्ड ६१ रनले विजयी

आयोजक श्रीलंका जारी टी–२० विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको छ। बुधबार राति सम्पन्न सुपर–८ को छैटौँ खेलमा न्युजिल्यान्डसँग ६१ रनको फराकिलो अन्तरले पराजित भएसँगै श्रीलंकाको विश्वकप यात्रा समाप्त भएको हो। कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस जितेर श्रीलंकाले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो।  १६९ रनको लक्ष्य पछ्याएको श्रीलङ्काली टोली २० ओभरमा ८ विकेट गुमाएर मात्र १०७ रनमा समेटियो।...