आयोजक श्रीलंका सेमिफाइनल दौडबाट बाहिरियो, 'गर या मर'को अवस्थामा भारत

आयोजक श्रीलंका आईसीसी टी-२० विश्वकपको सुपर ८ चरणबाट बाहिरिएको छ । सुपर ८ मा बुधबार राति न्युजिल्याण्डसँग ६१ रनले पराजित हुँदै श्रीलंका सेमिफाइनल दौडबाट बाहिरिएको हो । श्रीलंका यसअघि इंग्ल्यान्डसँग पराजित भएको थियो । लगातार दुई हारपछि ग्रुप २ मा श्रीलंका अंकविहीन छ । सन् २०१४ मा टी-२० विश्वकप जितेपछि श्रीलंका अहिलेसम्म सेमिफाइनल पुग्न सकेको छैन । यससँगै इंग्ल्याण्ड समूह २ बाट नकआउट चरणमा छनोट भएको छ । इङ्ग्ल्याण्डले समूह २ मा ४ अंकसहित सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । अब, न्यूजील्याण्ड विरुद्धको अन्तिम खेल जितेर टोली...