डा. सीके राउतद्वारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

 जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. सी. के. राउतले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।    प्रतिबद्धतापत्र सार्वजनिक गर्दै डा. राउतले सप्तरीमा विगतका दशकदेखि डर, त्रास, असुली र 'जंगलराज' रहेको दाबी गर्दै त्यसलाई अन्त्य गरी पूर्ण शान्ति र सुव्यवस्था कायम गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।   जनताको हकअधिकारका लागि लड्ने क्रममा २४ पटकभन्दा बढी जेलनेल र अनेकौं राजकीय यातना भोगे पनि आफू बुद्ध र गान्धीको ...