गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष विश्वास दीप तिगेलाले संघमा भइरहेको पछिल्लो एकता प्रक्रियालाई अवैधानिक र अपमानजनक ठहर गर्दै त्यसबाट अलग भएको घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय समन्वय परिषद (२०२५-२०२७) का उपाध्यक्ष तिगेलाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष महेश श्रेष्ठले एकलौटी ढंगले संघलाई विलय गराउन खोजेको आरोप लगाएका छन् । विज्ञप्तिमा उपाध्यक्ष तिगेलाले सर्वोच्च अदालतको परमादेश बमोजिम सम्पन्न एकताको महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै संघका सबै विवादहरू समाप्त भइसकेको उल्लेख गरेका छन् । उन...