द्रुतमार्गदेखि स्मार्ट ग्रिड बनाउने दलहरुका महत्वकाँक्षी घोषणा

काठमाण्डौ – प्रमुख राजनीतिक दलहरूले भौतिक पूर्वाधार, ऊर्जा, यातायात र कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै महत्वकाँक्षी घोषणापत्र सार्वजनिक गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र उज्यालो नेपाल पार्टीले पूर्वाधार विकासलाई आर्थिक रूपान्तरणको आधारका रूपमा प्रस्तुत गरेका छन् । यद्यपि, कार्यान्वयन रणनीति र प्राथमिकतामा दलअनुसार फरक दृष्टिकोण देखिन्छ । कांग्रेसले गुणस्तरीय र दिगो पूर्वाधारमा जोड दिँदै आयोजना छनोट...