शून्य तापक्रममा पनि मुस्ताङमा चुनावी सरगर्मी बढ्यो

मुस्ताङ – तापक्रम शून्यमा झरेर चिसो अत्यधिक बढेपनि मुस्ताङमा चुनावी सरगर्मी बढ्दै गएको छ । राजनीतिक दल र उम्मेदवारहरू प्रचार–प्रसारमा व्यस्त छन् । अघिल्लो महिनासम्म माथिल्लो मुस्ताङमा तापक्रम माइनस २० डिग्रीसम्म झरेको थियो भने अहिले पनि त्यहाँ माइनस १० डिग्री र तल्लो मुस्ताङमा माइनस ३ डिग्री तापक्रम छ । प्रतिकूल मौसमका बाबजुद घाँसादेखि नेपाल–चीन सिमानाको कोरला नाकासम्म चुनावी माहोल तातिएको छ । जिल्लामा उम्मेदवारी दिएका ८ दलमध्ये मुख्य रूपमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्र...