‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विशेष सुरक्षा तथा व्यवस्थापकीय योजना सार्वजनिक गरेको छ। आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको दिन र सोअघिका सुरक्षा मापदण्डहरू तय गर्दै कार्यान्वयनका लागि गृह मन्त्रालयलाई ७ बुँदे निर्देशन दिनेसहितको निर्णय गरेको छ। आयोगका प्रव...