प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनकपुरमा `मधेस सभा´ गरेको नेपाली कांग्रेसले आज एकैदिन देशका तीन फरकफरक स्थानमा चुनावी सभा गर्न लागेको छ । कांग्रेसले आज सुर्खेत, बाँके र रूपन्देहीमा गरी तीन स्थानमा चुनावी सभा गर्ने भएको हो। गत फागुन ६ गते कांग्रेसले जनकपुरमा पहिलो चुनावी सभा गरी प्रतिज्ञापत्र सार्वजनिक गरेको थियो। सुर्खेत, बाँके र रूपन्देहीमा आज हुने चुनावी सभामा सभापति गगन कुमार थापा र उपसभापतिद्वय विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए। प्रवक्ता...