नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । चुनाव आउन एक साता मात्रै बाँकी रहेका बेला देउवा गएराति सिंगापुर उडेको सुरक्षा उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । स्रोतका अनुसार राति पौने १२ बजे सहयोगी भानु देउवाका साथ उनी सिंगापुर उडेका हुन् । निकट स्रोतले भने उनी स्वास्थ्य उपचारका लागि उनी सिंगापुर गएको दाबी गरेको छ । स्रोतका अनुसार देउवा पत्नी आरजु राणा देउवा भने भारतमा छिन् । यसअघि गत भदौको जेनजी आन्दोलनपछि पनि देउवा सिंगापुर गएका थिए । आन्दोलनक...