काठमाण्डौ – दलहरूको चुनावी घोषणापत्रमा वर्षौंदेखि दोहोरिँदै आएको मल अभावको समस्या अझै समाधान हुन सकेको छैन । नेपाली कांग्रेसले किसानलाई मागअनुसार, तोकिएको मूल्यमा र समयमै मल उपलब्ध गराउने वाचा गरेको छ । मल खरिद प्रक्रिया सुधार, आपूर्ति सुनिश्चित गर्न क्यालेन्डर प्रणाली, तराईमा मल कारखाना स्थापना जस्ता कार्यक्रम पनि घोषणापत्रमा समेटिएका छन् । तर यस्ता प्रतिबद्धता विगतका चुनावमा पनि दोहोरिए पनि कार्यान्वयन प्रभावकारी हुन सकेन । एमालेले कृषिको आधुनिकीकरण र उत्पादकत्व वृद्धि गर्दै अर्थतन्त्र विस्तार गर्ने लक्ष्य अघि ...