धादिङ-२ मा कांग्रेसका रमेश धमला अगाडि; पच्छ्याउँदै घण्टी, सूर्य र तारा

धादिङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका रमेशप्रसाद धमला अन्य उम्मेदवारको तुलनामा अगाडि रहेको पाइएको छ । सदरमुकाम धादिङबेसीदेखि सल्यानटारसम्म पुगेर विभिन्न पालिकाका झण्डै ३०० मतदातासँग कुराकानी गर्दा धमला अगाडि रहेको पाइएको हो । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बोधनारायण श्रेष्ठले पच्छ्याइरहेको पाइएको छ । त्यसपछि नेकपा (एमाले) का धनबहादुर घले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रामबहादुर भण्डारी प्रतिस्पर्धामा रहेको देखिन्छ । यो क्षेत्रमा यी चारसहित १६ दल र ८ स्वतन्त्र गरी २४ उम्मेदवार प्रतिस्पर्धामा छन् । यहाँ...