संघीय राजधानी काठमाडौं उपत्यकाअन्तर्गत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरूले आज विकासको मार्ग चित्र भिजन १० साझा प्रतिबद्धता सार्वजनिक गरदै छन् । दिउँसो काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धता सार्वजनिक गरिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । काठमाडौं ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका तयार पार्दै सार्वजनिकीकरण गराउने पहल गरेका थिए। महामन्त्री पौडेलले संघीय राज...