कञ्चनपुरको वेदकोट नगरपालिकामा छेउमै रहेको रुख घरमा ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले घरमा रुख ढलेर वेदकोट नगरपालिका–३ पेलितालका ५० वर्षीया शारदादेवी महताको मृत्यु भएको जानकारी दिए । घटनापछि आज बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वासु अवस्थी नेतृत्वको टोली खटिएको छ । त्यसैगरी सोही घरमा रहनुभएकी ४० वर्षीया सीता महता घाइते भएको प्रहरीले जनाएको छ । उनको महेन्द्रनगरस्थित महाकाली प्रादे...