राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले राजपरिवारका सदस्यहरू स्वयम् सडकमा उत्रिने तयारीमा रहेको दाबी गरेका छन् । फागुन १६ गतेभित्र काठमाडौंमा उपस्थित हुन देशभरका सर्वसाधारणलाई अपिल गर्दै उनले राजपरिवारका सदस्यहरू स्वयम् अब राष्ट्रको रक्षा, धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका लागि सडकमा उत्रने तयारीमा रहेको दाबी गरेका हुन् । ‘राजपरिवारका सदस्यहरू स्वयम् अब राष्ट्रको रक्षा, धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका लागि सडकमा उत्रने तयारीमा रहनुभएको जान...