काठमाण्डौ – आउँदो २१ गते हुने चुनावका लागि जाँडरक्सी बिक्री–वितरण तथा पिउन प्रतिबन्ध लागेको छ । मतदानको मितिभन्दा सात दिन अगाडिदेखि चुनावको अन्तिम परिणाम घोषणा नभएसम्म जाँडरक्सी पदार्थ बिक्री–वितरण तथा पिउन प्रतिबन्ध लगाउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्णय गरेअनुसार यो नियम आजदेखि लागू भएको हो । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार आउँदो १८ गते सोमवार राति १२ बजेदेखि चुनावी प्रचारप्रसार निषेध हुनेछ । यस अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सब...