कैलाली र कञ्चनपुरमा घरपालुवा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर सक्रमण पुष्टि

काठमाण्डौ – कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ संक्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा निलो र रातो धब्बा देखिने तथा अप्रत्याशित रूपमा बङ्गुर मर्न थालेपछि गरिएको प्राविधिक परीक्षणबाट संक्रमण पुष्टि भएको हो । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढीले द्रुत प्रतिक्रिया टोली (आरआरटी) परिचालन गरी स्थानीय स्तरमा नमूना संकलन गरेको थियो । प्रारम्भिक रूपमा ‘रेपिड एन्टिजेन’ विधिबाट परीक्षण गर्दा नत...