अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको टकरावलाई कुटनीतिक माध्यमबाट समाधान गर्ने आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । हिजो वाशिङ्टन डिसीको क्यापिटलमा कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले इरानसँग वार्तामा रहेको बताउनुभयो । ट्रम्पले इरानलाई आणविक हतियार बनाउन नदिने अडान दोहोर्याउनु भएको चिनीयाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । उहाँले इरानले आफ्नो आणविक कार्यक्रम फेरि शुरू गर्ने प्रयास गरिरहेको आरोप लगाउनुभयो । यसलाई गएको वर्षको अमेरिकी हमलाले पूर्ण रूपमा नष्ट गरेको उहाँको दाबी छ । यो सम्बोधनप...