फूटबल खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग

नेपाली राष्ट्रिय महिला फूटबल टोलीका कप्तान सावित्रा भण्डारी (साम्बा)को स्वास्थ्य उपचारका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा कार्यरत प्रहरी कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन् । उक्त कार्यालयका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालसहित ११७ इच्छुक प्रहरी कर्मचारीहरूले आज संयुक्तरूपमा कप्तान साम्बालाई ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । राष्ट्रका नाम उच्च बनाउन निर्वाध सङ्घर्षको मैदानमा पसिना बगाउँदै आएकी कप्तान साम्बाको स्वास्थ्य उपचारमा सानो भए पनि सहयोग पुगोस् भन्ने...