डोभ नेपालद्वारा ‘साम्बा’को उपचार तथा पुनर्स्थापनाका लागि सहयोग

१४ फागुन, काठमाडौं । चोटले खेलाडीलाई केही समय मैदानबाट टाढा राख्न सक्छ, तर त्यसले खेलाडीभित्रको साहस र पुनरागमनको यात्रालाई अझ ठूलो बनाइदिन्छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी अग्रपङ्क्तिकी खेलाडी सावित्रा ‘साम्बा’ भण्डारी गम्भीर घुँडाको चोटपछि अहिले उपचाररत् छिन् । उनको स्वास्थ्य लाभको यात्रामा साथ दिन, युनिलिभर नेपाल लिमिटेड अन्तर्गतको डोभले सहयोग प्रदान गरेको छ। […]